Logo

मुख्य समाचार

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी


२८ फाल्गुन २०८२, बिहिबार  

23
Shares

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो । मूर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो । कीर्तिपुरका प्रशान्त महर्जनले १३ अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।

यस्तै, बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्ले बक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो । तीन क्वाटरमा पछि परे पनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६-१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।

प्लेबक्सले पहिलो, दोस्रो र चौथो क्वाटर क्रमशस् १५-११, २०-१९ र १६-१२ आफ्नो पक्षमा पारे पनि जितलाई पर्याप्त भएन ।सोलोका प्रगुण महर्जनले ३० अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ७ : ३१ बजे