काठमाडौं । पूर्वमन्त्री तथा महेश बस्नेत विरुद्ध अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालत मा मुद्दा दर्ता भएको छ ।
अधिवक्ता लवन न्यौपाने ले बुधबार (फागुन २७) सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । उक्त मुद्दाको सुनुवाइका लागि चैत १ गते पेसी तोकिएको छ ।
निवेदनअनुसार गत माघ ११ गते प्रेस चौतारी नेपाल ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बस्नेतले अदालत र न्यायाधीशविरुद्ध अवहेलनाजन्य अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।
निवेदनमा बस्नेतले प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरूमाथि लाञ्छनायुक्त टिप्पणी गर्दै न्यायिक प्रक्रियामाथि अविश्वास उत्पन्न हुने अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।
अधिवक्ता न्यौपानेले बस्नेतको उक्त अभिव्यक्तिले अदालतको गरिमा र न्यायपालिकाको प्रतिष्ठामाथि आघात पुगेको दाबी गर्दै अदालतको अवहेलना मुद्दामा हदैसम्मको सजाय गर्न माग गरेका छन् ।
२७ फाल्गुन २०८२, बुधबार
0
Shares









प्रतिक्रिया