सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ४८ जना उम्मेदवारले मात्र धरौटी फिर्ता गर्न सकेका छन् । कर्णालीका १२ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । ती मध्ये ९० जनाले धरौती फिर्ता गर्न सकेनन् । सबैभन्दा धेरै मतदाता रहेको सुर्खेतको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार थिए ।
तिस जना उम्मेदवारमध्ये सुर्खेतका २४ जनाको धरौती जफत भएको र ६ जनाले मात्र धरौटी जोगाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमूख लालबहादुर गुरुङले बताए । अर्को दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा २१ जनाको उम्मेदवार थिए ।
दैलेख क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जना र दुईमा दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवार रहेकोमा दुवै क्षेत्रमा ४÷४ जना उम्मेदवारे मात्र धरौटी जोगाएका छन् ।
जुम्लामा जिल्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार रहेकोमा यहाँ पनि चार जनाले धरौटी जोगाएका छन् । ११ जना उम्मेदवार रहेको जाजरकोटमा तीन जना, १६ जना उम्मेदवार रहेको सल्यानमा ६ जना, १२ जना उम्मेदवार रहेको रुकुम पश्चिममा तीन जना र आठ जना उम्मेदवार रहेको हुम्लामा चार जनाले मात्र धरौटी जोगाएका छन् ।
त्यस्तै कालिकोटमा ४ जना, डोल्पामा ३ उम्मेदवारले धरौटी जोगाएको निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीका ३६ उम्मेदवारले १०० मत कटाउन सकेनन् ।










प्रतिक्रिया