मुगु । नेपाल सरकारले साविकका कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न निःशुल्क रुपमा वितरण गर्दै आइरहेको प्रतिव्यक्ति ३० केजी चामल पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।
वितरण हँुदै आएको साबिकको कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लामा चामल निःशुल्क वितरण हँुदै आएको छ ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ गते संसदमा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु भएका आफन्तलाई सामाजिक संस्कार गर्न प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए ।
उक्त घोषणा फागुन १ गतेदेखि साबिकको कर्णालीका जिल्लामा कार्यान्वयनमा हँुदै आएसँगै आ.व २०८१।०८२मा पुनः सरकारबाट निर्णय गरी थप १० केजी खाद्यन्न बढाएर ३० केजी पुर्याइएको छ । दुरीको हिसावमा ढुवानी ज्याला समेत दिंदा स्थानीय खुशी समेत भएका छन् ।
खाद्यान्न हरेक आर्थिक वर्ष वितरण केन्द्रबाट आवश्यक प्रमाणपत्रसहित चामल वितरण गरिंदै आइएको छ । मान्छे जन्मदा र मृत्यू हुँदा सरकारबाट निःशुल्क खाद्यन्न पाउँदा आफूहरु खुशी रहेको छाँयानाथ रारा नगरपानिका वडा नम्बर १२ बामका पुतसिंह बढुवालले बताए ।
तर आवश्यक कागजपत्र मिलाउन निकै समस्या हुने गरेको सोरु गाँउपालिका ८ की रामदेबी नेपालीले दुखेसो गरिन् ।
सरकारबाट आर्थिक वर्ष ०७३÷०७४ बाट साबिकका कर्णालीका पाँच जिल्लामा बस्दै आएका नागरिकहरुलाई निःशुल्क बितरण गरिदै आएको खाद्यन्न निकै प्रभावकारी बन्दै आएको छ ।
२६ फाल्गुन २०८२, मंगलबार
92
Shares









प्रतिक्रिया