Logo

समाचार

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ


२५ फाल्गुन २०८२, सोमबार  

92
Shares

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-४ बाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-२० बस्ने ३३ वर्षीय अर्जुन राईलाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित पक्राउ गरेको हो । प्रहरीले उनलाई सोमबार बिहान उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ०८ बजे