Logo

राजनीति

समानुपातिक मतपरिणाम : रास्वपाले २२ लाख कटायो


२४ फाल्गुन २०८२, आइतबार  

69
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २२ लाख मत कटाएको छ ।
निर्वाचन आयोगले आइतबार अपराह्न ४ः३० बजेसम्म समानुपातिकतर्फ ४४ लाख ७५ हजार ७९८ मतगणना सम्पन्न गरी सार्वजनिक गरेको परिणामअनुसार रास्वपाले २२ लाख १० हजार १९५ मत प्राप्त गरेको हो ।
सार्वजनिक मतपरिणामअनुसार दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले सात लाख ५४ हजार २९ मत प्राप्त गरेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले छ लाख ४० हजार ६३ मत पाएको छ ।
त्यस्तै, चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन लाख २५० मत प्राप्त गरेको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ६० हजार ६७२ मत पाएको छ ।
श्रम संस्कृति पार्टी एक लाख चार हजार ४०० मतसहित छैटौँ स्थानमा रहेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ प्रतिनिधित्वका लागि तोकिएको न्यूनतम थ्रेसहोल्ड तीन प्रतिशत रहेको छ । हालसम्म श्रम संस्कृति पार्टीले प्राप्त गरेको मत २.३३ प्रतिशत रहेको आयोगको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ७ : २५ बजे