Logo

मुख्य समाचार

रामेछापमा रास्वपाका डा.कृष्णहरि बुढाथोकी निर्वाचित


२४ फाल्गुन २०८२, आइतबार  

92
Shares

रामेछाप । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।

बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

निर्वाचनमा नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत पाएका छन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : ४९ बजे