Logo

Breaking News 1

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत


२३ फाल्गुन २०८२, शनिबार  

0
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजय भएका छन् ।शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए । यस्तै,कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका शान्तिलाल महत ४ हजार ५१८ मत प्राप्त गरे ।

देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा भने रास्वपाका विनिता कठायतले जम्मा ४०१ मत मात्र ल्याएकी छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : ५० बजे