काठमाडौं । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मतमा हार भएपनि कामबाट जनताको मन जित्न सफल भएको बताएकी छन् ।
शनिवार सामाजिक संजालमार्फत विजयी उम्मेदवार रास्वपाकी सोबिता गौतमलाई बधाई दिंदै उनले मतमा हार भएपनि काम र योगदानबाट जनताको मन जित्न सफल भएको उल्लेख गरेकी हुन् ।
उनले आफ्नो ३० वर्षे राजनीतिक जीवन र भरतपुरमा नौं वर्ष नगर प्रमुखको रूपमा बिताएको समय जनताको सेवा र क्षेत्रको विकासमा समर्पित भएको बताइन् ।
उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास, समृद्धि र खुशीयालीका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
दाहालले निर्वाचन अभियानमा सक्रिय रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडिया कर्मी र कलाकारलाई विशेष धन्यवाद दिइन् ।










प्रतिक्रिया