Logo

Breaking News 1

सर्लाही–३ मा रास्वपाका कलवारको अग्रता कायमै


२३ फाल्गुन २०८२, शनिबार  

23
Shares

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवारले आफ्नो अग्रता कायमै राखेका छन् ।

हालसम्म सार्वजनिक प्रारम्भिक मत परिणाम अनुसार नरेन्द्र साह कलवारले २० हजार २७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठले ६ हजार ७४२ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार खनालले २ हजार ८४६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार हरी प्रसाद उप्रेतीले २ हजार १४२ मत प्राप्त गरेका छन् । सर्लाहीमा रास्वपा तिन वटा ९१, २ र ३ ० क्षेत्रमा जितको नजिक पुगीसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ५५ बजे