Logo

मुख्य समाचार

सिन्धुली–१ मा एमालेका प्रदीप कटुवाल अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

184
Shares

रामेछाप । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रदीप कटुवाल अग्रस्थानमा रहेका छन् ।

तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका तथा दुधौली नगरपालिकाका वडा नं. १, २ र ३ सम्मको मतगणना सकिँदासम्म कटुवालले १० हजार ७०८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बरालले १० हजार ८ मत प्राप्त गरेका छन् । यसैगरी रास्वपाका धनेन्द्र कार्कीले ८ हजार २२७ मत प्राप्त गरेका छन् भने नेकपाका डेकेन्द्रप्रसाद सुवेदीले २ हजार ७७६ मत प्राप्त गरेका छन् । हालसम्मको मत परिणामअनुसार कटुवालले बरालमाथि ७०० मतको अग्रता लिएका छन् ।

अहिलेसम्म चार स्थानीय तहका केही वडाको मतगणना सम्पन्न भइसकेको छ भने दुधौली नगरपालिकाका ११ वटा वडा र कमलामाई नगरपालिकाका ३ वटा वडा गरी १४ वडाको मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ०६ बजे