सिरहा । सिरहा क्षेत्र नम्बर २ अन्तर्गत बरियारपट्टी गाउँपालिका वडा नं. १, २ र ३ को मतगणना सकिँदा हालसम्मको प्राप्त मत परिणाम सार्वजनिक भएको छ ।
हालसम्म प्राप्त मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अग्रस्थानमा देखिएका छन् ।
प्राप्त मत परिणाम अनुसार रास्वपाका शिव यादवले ३,९५१ मत, नेपाली कांग्रेसका रामचन्द्र यादवल १,११२ मत, एमालेका नविन यादवले ३४० मत,जसपाका संजिव यादवले ६९७ मत, नेकपाका मुक्ति सिंहले १६२ मत, तथा जनमतका विनोद यादवले १४० मत प्राप्त गरेका छन् ।
बरियारपट्टी–१, २ र ३ को मतगणनासम्म रास्वपा उम्मेदवार शिव यादव फराकिलो मतान्तरका साथ अगाडि रहेका छन् । बाँकी वडाहरूको मतगणना जारी रहेको छ ।
२२ फाल्गुन २०८२, शुक्रबार
46
Shares









प्रतिक्रिया