Logo

समाचार

मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

207
Shares

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणनाअनुसार घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार सूर्य चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका रामेश्वर राना मगरले २९१मत प्राप्त गरेका छन्। त्यसैगरी रुख चुनाव चिन्हकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६६२ मत प्राप्त गरेकी छन् ।

यस्तै, हलो चुनाव चिन्हका दिपक बहादुर सिंहले ३१२ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये मादल चुनाव चिन्हका रंजना सुवाल मगजुले २ मत प्राप्त गर्दा ढल्केको छाता चिन्हका रुपक लामाले खाता समेत खोलेका छैनन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११५ बदर मतसमेत रहेको छ भने मतगणना कार्य जारी रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : २० बजे