मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।
एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् ।
यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले २८१ मत, विनिता कठायतले ३६ मत प्राप्त गरेकी छन् । साथै १५५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
हालसम्मको गणनामा हलो र ताराबिच एक हजार ४५८ मतको अन्तर देखिएको छ । प्रारम्भिक नतिजाले हलो चुनाव चिह्नलाई स्पष्ट अग्रता दिलाएको देखिए पनि बाँकी पालिकाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ ।
मतगणना कार्य भने निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।
२२ फाल्गुन २०८२, शुक्रबार
115
Shares








प्रतिक्रिया