चितवन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन् ।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेकी गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् ।
उनकी निकटतम प्रतिस्पर्धी तारा चुनाव चिन्हकी उम्मेदवार रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी सूर्य चुनाव चिन्हबाट नेकपा एमालेका शंकर थपलियाले १ हजार ४६५ मत प्राप्त गरेका छन् भने रुख चुनाव चिन्हबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन् ।
यस्तै हलो चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका दिपक थापाले ३२३ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।










प्रतिक्रिया