Logo

Breaking News 1

काठमाडौं क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणाम : रास्वपा अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गरेका निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिए । त्यसैगरी, काठमाडौँ क्षेत्र नं ८ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म मतगनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।

उनले एक हजार ७२४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । यहाँको मतगणना नागार्जुन नगरपालिकाको कार्यालयमा भइरहेको छ । -रासस

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ३९ बजे