Logo

समाचार

क्रियापुत्रीले पनि गरे मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

46
Shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित श्री मिन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले पनि मतदान गरेका छन् ।
छायाँनाथ रारा नगरपालिका–१ निवासी ९३ वर्षीया रुपा मल्लको नौं दिनअघि आफ्नै निवासमा निधन भएको थियो ।
मृतकका छोरा ललिजङ मल्ल, राजन मल्ल र बिनोद मल्लले बिहीबार बिहान १० बजेर ४४ मिनेटमा उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
त्यसैगरी सोही वडामा १० दिनअघि निधन भएकी अर्की ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द्र मल्ल र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गर्ने तयारी गरेको छिमेकी सुरेन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १ : ४३ बजे