रामेछाप । रामेछाप जिल्लाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
जिल्लाका ९६ मतदानस्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।
जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेपछि मतदान सुरु भएको थियो ।
जिल्लामा बहिन ११ बजेसम्म करिब १३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए । रामेछाप जिल्लामा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् ।
जिल्लमा मतदानस्थलमा मतदाताहरूको उपस्थिति भने निक्कै न्यून देखिएको छ । अधिकांश मतदान केन्द्रहरूमा मतदान गर्न फाट्ट फुट्ट मात्र मतदाता पुगेका छन् ।










प्रतिक्रिया