बाजुरा । बाजुरामा यतिखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रहरूमा अहिलेसम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन भइरहेको छ ।
बिहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भईरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विगतमा जस्ता घटना घट्न नदिन अहिले सुरक्षा व्यवस्था समेत मजबुत पारिएको छ ।
मतदाताहरूले निर्धक्क तरिकाले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । बाजुरामा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई युवाको मृत्यु समेत भएको थियो । यो पटकको निर्वाचनमा अहिलेसम्मको वातावरण सामान्य स्थितिमा रहेको छ ।
बाजुरामा अहिले करिब १५ हजार गरे मतदान गरिसकेका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा एक स्वतन्त्रसहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् ।
















प्रतिक्रिया