काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
भण्डारी आज (विहीबार) बिहानै काठमाडौं महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैले आ–आफ्नो तहबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गरे ।
‘उत्साहपूर्वक र शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान प्रक्रियामा सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु’ उनले भने ।
उनले सर्वसाधरणहरुले एकदेखि दुई मिनेटमा मतदान गर्न सक्ने पनि बताए । साथै, उनले मतपेटिका संकलन भएको २४ घण्टामा भित्र मत गणना गरेर परिणाम सार्वजानिक गर्ने पनि बताए ।
‘मतपेटिका संकलन भएपछि २४ घण्टा भित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्छौं । हिमाली क्षेत्रमा पनि मतदान भइरहेको छ, पाँच बजेसम्म मतदान सकिन्छ,’ उनले भने ।










प्रतिक्रिया