काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मत हालेका हुन् ।
झापा–३ मा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भइसकेको छ र मतदाताहरूको उपस्थिति बाक्लो देखिएको छ ।










प्रतिक्रिया