Logo

मुख्य समाचार

तार्केश्वर नगरपालिकाको मतदान स्थल अनुगमनमा पुगे गृहमन्त्री


२० फाल्गुन २०८२, बुधबार  

46
Shares

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौं क्षेत्र नं. ६ को मतदान स्थलको अनुगमन गरेका छन् ।

बुधबार गरिएको अनुगमनका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

अनुगमनमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए ।

त्यसक्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ३ : ५७ बजे