मेष
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
वृष
आलस्य गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला।
मिथुन
आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
कर्कट
अध्ययनमा प्रगति हुने समय छ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
सिंह
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कन्या
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।
तुला
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ। पहिले आलस्य गर्नाले काम सम्पादनमा भने धेरै समय लाग्न सक्छ।
वृश्चिक
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला।
धनु
सामाजिक काममा रुचि बढ्नेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ।
मकर
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ।
कुम्भ
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुनेछ।
मीन
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ।










प्रतिक्रिया