Logo

Breaking News 1

एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा


१५ फाल्गुन २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एउटा हिरोका कारण फिल्म चलेपनि देश नचल्ने बताएका छन् । अहिलेको संकट समाधान गर्न कांग्रेसले मात्रै सक्ने र त्यसका लागि सक्षम र विज्ञहरूको ‘उत्कृष्ट टीम’ सहित सरकारको नेतृत्व गर्ने उनको जिकिर छ ।

उनले भने, ‘प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो हैन, देश विकासका लागि सिंगो टीम आवश्यक पर्नेछ । एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन ।’

उनले थपे, ‘देश बनाउन सशक्त र सक्षम टीम चाहिन्छ । त्यो टीम कांग्रेसले बनाएर अघि बढ्छ” पश्चिमनवलपरासीमा बिहीबार आयोजित चुनावी सभामा संबोधन गर्दै शर्माले ‘गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौँ ।

उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टीमले सरकारको नेतृत्व गर्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १० : ०४ बजे