काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू(भामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।










प्रतिक्रिया