काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।










प्रतिक्रिया