काठमाडौं । सेलिब्रेटी नेपाल प्रतिष्ठानले यही फागुन १३ गते बुधवार काठमाडौंमा आयोजना गर्ने चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा अर्पण गरिने विशेष सम्मानको घोषणा गरेको छ ।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजना हुने यो विशिष्ट समारोहमा नेपाली फिल्म क्षेत्रमा विगत चार दशकदेखि सक्रिय कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने निर्णय भएको कार्यक्रमका संयोजक सुरज पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै, तीन दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
पत्रकार भट्टराई पछिल्लो छ वर्षदेखि कलाकर्मी डटकटका प्रधान सम्पादकको रुपमा कार्यरत छन् । त्यसअघि करिव साढे दुई दशकसम्म पत्रकार भट्टराईले कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहेर पत्रकारिता गरेका थिए
११ फाल्गुन २०८२, सोमबार
0
Shares









प्रतिक्रिया