काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ–४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
सोमबार मैतिदेवीमा आयोजित कार्यक्रममा उम्मेदवार तिमल्सेनासहित कांग्रेसका नेता कार्यकर्ताले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा पाँच वर्षभित्र हासिल गर्ने १० वटा मुख्य उपलब्धिलाई कार्य–सम्पादनको मानकका रूपमा प्रस्तुत गरिएको छ ।
उम्मेदवार तिमल्सेनाले पहिलो प्रतिज्ञामा सुशासन, दोस्रोमा पुर्वाधार विकास, तेस्रोमा भुमिसुधार र कृषि क्षेत्रको प्रोत्साहन, चौथोमा स्वास्थ्य क्षेत्रको सुधार र पाँचौमाा उद्यमशीलतना र रोजगारी एवम् सूचना प्रविधि विकासको विषयलाई समेटेका छन् ।
यस्तै छैटाँमा शिक्षा क्षेत्र सुधार, सातौँमा धार्मिक तथा सांस्कृतिक सम्पदा एवम् स्वच्छ वातावरण जलवायू न्याय र प्राकृतिक स्रोत संरक्षण, आठौँमा समावेशीता लैंगिक समानता र सामाजिक न्यायको प्रत्याभूति, नवौँमा क्षेत्रगत मुद्दा समाधान र दशौँमा काठमाडौ. उपत्न्यका विेशष साझा प्रतिज्ञालाई समेटिएको छ ।
बुढानिलकण्ठ र काठमाडौं महानगरपालिकाभित्र रहेका क्षेत्रका लागि स्थानीय मुद्दाका आधारमा दुई वटा प्रतिज्ञापत्र सार्वजनिक गरिएको छ ।
प्रतिज्ञापत्रमा उम्मेदवार तिमल्सेनाले सुशासनका लागि अनावश्यक तजबिजी अधिकार कटौती गर्ने, सरकारी सेवालाई डिजिटल र ‘फेसलेस’ बनाउने र विधिको शासनको प्रवद्र्धन गर्ने प्रतिज्ञा गरेका छन् भने सडक, ट्राफिक व्यवस्थापन, फुटपाथ र वैकल्पिक यातायातको सुधार गर्ने, भूमि सुधार अन्तर्गत, कपन क्षेत्रमा रहेको अव्यवस्थित बसोबासलाई वर्गीकरण गरी समाधान गर्ने योजना पनि समेटेका छन् ।
यसैगरी, उम्मेदवार तिमल्सेनाले कृषि क्षेत्रलाई आधुनिक बनाउन भू–उपयोग सम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने, चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने र अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि कानुनी आधार तयार गर्ने प्रतिज्ञा पनि गरेका छन् । यसअघिका तीनवटा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गगनकुमार थापा निर्वाचित हुँदै आएको यो क्षेत्रबाट यसपटक ३३ बर्षीय युवा तिमल्सेना कांग्रेसको उम्मेदवार बनेका छन् ।










प्रतिक्रिया