Logo

मुख्य समाचार

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर


११ फाल्गुन २०८२, सोमबार  

0
Shares

काठमाडौं । काटारीबाट गाईघाट जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।

काटारीबाट गाईघाट जाँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस सोमबार अपरान्ह १२ बजेतिर उदयपुरगढी–७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर दुर्घटना भएको हो । बस सडकबाट करिब ४० फिट तल खसेको छ ।

घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा उदयपुर उदयपुरगदी गापा ७ बस्ने ७३ वर्षीय सोममाया मगर, उदयपुर कटारी नपा ४ बस्ने ३५ वर्षीय अनिता चौधरी, उदयपुर ताप्ली गापा ५ बस्ने वर्ष ४० को प्रकाश भुजेल र उदयपुर त्रिनपा ११ बस्ने २२ वर्षीया मणिका मगर रहेका छन् ।

यस्तै, उदयपुर त्रिनपा ७ चुहाडे बस्ने २१ वर्षीय रेशिका बस्नेत, उदयपुर त्रियुगा नपा ५ बस्ने २० वर्षीय रेश्मा बस्नेत, उदयपुर कटारी नपा ४ बस्ने १९ वर्षीय पवित्रा श्रेष्ठ, उदयपुर रौतामाई गापा ७ का १७ वर्षीया तिलक बस्नेत र उदयपुर उदयपुरगदी गापा टाडे बस्ने १० वर्षीया दपेश तामाङ रहेका छन् ।

यसैगरी, उदयपुर कटारी नपा ५ बस्ने वर्ष ७८ को दलबहादुर तामाङ, उदयपुर कटारी नपा २ गोलपार्क बस्ने वर्ष ६० कि सोममाया परियार, उदयपुर कटारी नपा ३ बस्नेत वर्ष २७ को नितेश बुढाथोकी, उदयपुर कटारी नपा ४ बस्नेत वर्ष १५ को प्रेम तामाङ, उदयपुर ताप्ली गापा ५ रुपाटार बस्नेत वर्ष २८ को सुवास नेपाली र उदयपुर कटारी नपा ४ बस्ने वर्ष १५ को सुजन तामाङ समान्य घाइते भएका छन् ।

प्रहरीले बस चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : ०२ बजे