काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.मिनेन्द्र रिजालले आफ्नो भिजन प्रस्तुत गरेका छन् ।
डा. रिजालले जनतालाई सम्मानित जीवन, सपना देख्न सक्ने अवसर, रोजगारी र सम्पत्ति सिर्जना, पेटभरी खाने व्यवस्था जस्ता प्राथमिकताहरू सुनिश्चित गर्ने लक्ष्य राखेका छन् ।
किसानलाई चिनाउने र प्रोत्साहन दिने नेपाल, बेथिति र हैरानीबाट मुक्त, विधिसम्मत शासनको नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने व्यवस्था, मौलिकतामा गर्व गर्ने, आधुनिक र ओखती–ओत दिने नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी र समुन्नत राष्ट्र उनले आफ्नो भिजनमा समेटेका छन् ।
डा.रिजालले आगामी निर्वाचनमा मोरङ–२ का नागरिकहरूलाई जनताको समर्थनसहित विजयी बन्ने आकांक्षा व्यक्त गर्दै समुन्नत र सुशासनयुक्त नेपाल निर्माणको प्रतिबद्धता जनाएका छन् ।
रिजालले पछिल्लो समय चुनावी अभियानलाई तिब्रता दिंदै अन्य दलका कार्यकर्ताहरुलाई कांग्रेसमा भित्र्याइपनि रहेका छन् । मतदाताको आवाज सुन्ने, साथ दिने प्रतिबद्धता व्यक्त गर्ने र समस्या समाधानका लागि व्यवहारिक सुझाव संकलन पनि गरिएका छन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका डा.रिजाल अनुभवी, जनतामैत्री र उत्तरदायी नेताका रूपमा परिचित छन्।
त्यसपश्चात २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजिता कोइराला प्रतिनिधिसभा चुनावमा सहभागी भएकी थिइन्, जहाँ उनी नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्।
अघिल्लो निर्वाचनको परिणामलाई आत्मसात गर्दै यसपटक डा.रिजाल जनताको विश्वास जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । आम संचारमाध्यमहरुका उत्तिसारो नदेखिका डा.रिजाल चुपचाप चुनावी अभियान चलाइरहेका हुन् ।










प्रतिक्रिया