बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् । झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ ।
आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाइने भन्दै उनले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन् ।
सूर्य अंकित झण्डा एमालेको आन्दोलनको प्रतिक भएको भन्दै आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई छ भन्ने उनको प्रश्न छ । उनले भने,‘यस्तो अपमानपूर्ण काम स्वीकार्य छैन ।’
रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको उनको भनाई छ । रास्वपाले चुनाव नजित्ने भएपछि यो तहको हर्कतमा उत्रिएको ओलीको दावी छ ।
झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता स्पष्ट बनाएको छ । दाङमा झण्डा जलाएको घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको स्पष्ट पारे ।
झापा क्षेत्र नम्बर ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौं जेनजीहरुलाई एमालेमा स्वागत गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले एमालेमा जेनजीहरुको उत्साहपूर्ण प्रवेशले थप उर्जा मिलेको बताएका छन् ।










प्रतिक्रिया