Logo

मुख्य समाचार

गोदावरी नगरपालिकाको गोदामचौरमा उदय शमशेरको घरदैलो



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

यसै क्रममा शनिबार गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो । गोदामचौरवासीले नेता राणालाई टीका र माला लगाएर भव्य स्वागत गरेका थिए ।

ललितपुर–१ मा प्रभावशाली उम्मेदवारका राणालाई हेर्ने गरिन्छ । अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका राणा भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षमा बोल्ने नेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : ४१ बजे