Logo

मुख्य समाचार

काठमाडौं ८ मा सुमन सायमीको चुनावी सक्रियता, जनविश्वास जित्ने दावी



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार सुमन सायमी आफ्नो काठमाडौं क्षेत्र नम्बर ८ का मतदातासँग भेटघाट गरेका छन् ।

काठमाडौं–८ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सायमीले जनभेट गर्दै उनले आफ्नो उम्मेदवारी जनताका मौलिक अधिकार कार्यान्वयनका लागि भएको बताएका छन् ।

नेकपाका उम्मेदवार सायमीले जनभेटका क्रममा जनताले गाँस, बाँस, कपासजस्ता आधारभूत आवश्यकतादेखि शिक्षा, स्वास्थ्य र रोजगारीसम्मका अधिकार खोजिरहेको बताए । ती सबै संविधानले प्रदान गरेका मौलिक हक भए पनि कार्यान्वयनमा समस्या रहेको भन्दै आफू त्यसैका लागि चुनावी मैदानमा आएको उनले स्पष्ट पारे।

‘जनताले खोजेको गाँस, बाँस, कपास र शिक्षा, स्वास्थ्य र रोजगारीको मात्र कुरा छ । त्यो संविधानले प्रदान गरेको गरेको मौलिक हकहरू चाहिएको हो । त्यो इम्प्लिमेन्ट गराउनलाई पनि उम्मेदवारी दिएको हो,’ उनले भने ।

सायमीले आफू पहिले स्वतन्त्र उम्मेदवारका रूपमा दुई पटक चुनाव लडेको स्मरण गर्दै संगठनबिना राजनीतिक शक्ति निर्माण नहुने अनुभवबाटै पार्टीसँग समायोजन भएको बताए । उत्पीडित समुदायको आवाज सत्ता तहसम्म पु¥याउन संगठित राजनीतिक शक्ति आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘म स्वतन्त्र बसेको भए हुन्थ्यो, मान्छे व्यक्ति राम्रो हो भन्ने सुनिन्छ । तर स्वतन्त्रबाट दुईचोटी उठें, एकचोटी लौरो अभियान, एउटा आँखी झ्यालीबाट उठें । जनताले धेरै माया गर्नुभयो र संगठन बिना शक्ति निर्माण हुँदैन रहेछ ।’

उनका अनुसार विभिन्न दलसँग विचार र मुद्दाको तुलना गर्दा सामुदायिक समाजवाद, सामाजिक न्याय र उत्पीडित वर्गको पक्षमा समान दृष्टिकोण भेटिएकाले आफू नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्यमा पुगेका हुन् ।

सायमीले अहिलेको राजनीति विचार, सिद्धान्त र योजनाविहीन जनवाद र प्रचारमुखी प्रवृत्तितर्फ गएको टिप्पणी गर्दै त्यसले देशलाई संकटतर्फ धकेल्ने खतरा रहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  २ : २३ बजे