Logo

राजनीति

लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी : डा.वाग्ले


७ फाल्गुन २०८२, बिहिबार  

0
Shares

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी भएको बताएका छन् ।

सुर्खेतमा रास्वपाको बाचापत्र सार्वजनिक गर्दै लोकतन्त्रको रक्षाका लागि मध्यम वर्गका नेपालीहरुको आयस्तर बढाउनुपर्ने बताएका हुन् ।
आगामी पाँच बर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने प्रतिबद्धता आफ्नो पार्टीको रहेको दाबी गरे ।

‘नेपालीहरु सम्पन्न नभई मुलुक समृद्ध बन्न सक्दैन’ उनले भने, ‘त्यसका लागि नेपालीहरुको आय स्तर बढाउन जरुरी छ । त्यो योजना राष्ट्रिय स्वतन्त्र पार्टीसंग मात्र छ ।’ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै वाग्लेले भने, ‘२००७ साल फागुन ७ गते नेपालीहरुलाई रैतीबाट नागरिक बनाएको ऐतिहासिक दिनले विशेष महत्व बोकेको छ ।’

उनले अबको राजनीति पुस्तान्तरणसंगै मुलुकको आमुल परिवर्तनको मार्गमा हिड्नु पर्नेमा जोड दिए । मुलुकको आर्थिक विकासका लागि कर्णालीका डाँडापाखाहरु उर्वर रहेकोले यहाँको आवश्यकता अनुसार प्रविधीसंग जोड्न सक्ने नेतृत्वको खाँचो रहेको उनको भनाई छ ।

मुलुकमा सुशासन कायम गर्न सकेमात्र नेपालको विकासले फड्को मार्न सक्ने भन्दै रोजगारीको सिर्जना, गुणस्तरीय पूर्वाधार र सुशासनका एजेन्डाहहरुलाई रास्वपाले बाचापत्रमा समेटेको उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ५ : ०४ बजे