Logo

Breaking News 1

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ‘नारी सुरक्षा’ जीवन बीमा योजना सार्वजनिक


५ फाल्गुन २०८२, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

मंगलबार ‘एकै योजना बहु–लाभ ,सबै नारीका लागि सजिलो पहुँच ’ नाराका साथ नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।

यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुबिधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ ।

नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो ।

गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट रु. १ लाख तुरुन्तै उपलब्ध हुनेछ ।

गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बीमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमाङ्क रकम रू २५०,००० दुई लाख पचास हजार) र अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिनेछ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहनेछ ।

यस योजनासँगै विभिन्न ऐच्छिक पुरक करार सुविधा पनि लिन सकिन्छ जस्तै एडीबीः दुर्घटना मृत्यु लाभ, पीटीडीः पूर्ण स्थायी अशक्तता सुविधा, पीडब्लूबीः बीमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : ५२ बजे