Logo

Breaking News 1

एमाले उम्मेद्वार अमन मास्केले बढाए चुनावी सक्रियता


५ फाल्गुन २०८२, मंगलबार  

0
Shares

काठमाडौं । नेकपा (एमाले) का उम्मेदवार अमन मास्के प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

पार्टीका कार्यकर्ताका अनुसार मास्केले मंगलबार ठमेल–२६ क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । एमालेसहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ५६ बजे