Logo

Breaking News 1

महिलालाई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य छ : मन्त्री सिन्हा


१ फाल्गुन २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । कानुन मन्त्री अनिलकुमार सिन्हाले महिलालाई रोजगारीको अवसर दिने मात्र नभई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आइएमई लाइफ न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्ड –२०२६ लाई सम्बोधन गर्दै उनले महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र नभई ,सामाजिक रुपान्तरणको बलियो आधार पनि भएको बताए ।

उनले भने,‘महिलालाई रोजगारीको अवसर दिने मात्र होइन्,रोजगारदाता र नेतृत्वकर्ता बनाउनु आजको आवश्यकता र अपरिहार्यता भइसकेको छ । महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र होइन सामाजिक रुपान्तरणको बलियो आधार पनि हो ।’

मन्त्री सिन्हाले अबको आर्थिक समृद्धि नारामा मात्र सिमित नराखी रोजगारी सृजना उद्यमशिलता विकास मार्फत हुनुपर्नेमा जोड दिए । समावेशी आर्थिक विकास नभई समग्रतामा देशको विकास हुन नसक्ने बताउँदै उनले विकास र समृद्धिका हरेक आयाम र अभियानमा महिलाहरुलाई साथसाथै अगाडि नबढाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्यमा पुग्न नसकिने धारणा राखे ।

उनले भने,‘अबको आर्थिक समृद्धि नारामा मात्र सिमित होइन् । रोजगारी सृजना उद्यमशिलता विकास मार्फत हुनुपर्छ । समावेशी आर्थिक विकास नभई समग्रतामा देशको विकास हुन सक्दैन् । विकास र समृद्धिका हरेक आयाम र अभियानमा महिलाहरुलाई साथसाथै अगाडि नबढाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्यमा पुग्न सकिँदैन ।’ निजी क्षेत्र र वित्तियसँगको सहकार्य अझ सुदृढ गर्दै महिला मैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : २५ बजे