चरीकोट । नेपाली कांग्रेसका दोलखा जिल्लाका उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्नो विकास अवधारणा सार्वजनिक गरेका छन् । बुधबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सो अवधारणा सार्वजनिक गरेका हुन् । निर्वाचनका क्रममा दोलखाका मतदाताको घरदैलोमा जाँदा आफूले आश्वासनका पोका मात्र बाँड्न नचाहेको उल्लेख गर्दै उनले सांसद पदमा रहुञ्जेल नागरिकका साझा समस्या समाधानमा प्रतिबद्ध रहने बताए ।
शिवाकोटीले सिंगो दोलखाको विकासका लागि अलपत्र परेका आयोजनाहरू समयमै सम्पन्न गर्ने कुरालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् । विशेष गरी दुर्दशापूर्ण अवस्थामा रहेको लामोसाँगु–जिरी सडकको गुणस्तरीय स्तरोन्नति र चरीकोट–मोडी सडकलाई चाँडो टुङ्ग्याउन उनी लाग्नेछन् ।
उनले भने, ‘लामोसाँगु जिरी सडकको दुर्दशा छ यो सडकको गुणस्तरीय स्तरोन्नति र समयमै सम्पन्न गराउनु पर्नेछ । चरीकोटदेखि मुढेसम्मको बाटो समयमै सम्पन्न गर्ने मेरो प्राथमिकता रहनेछ । साथै, लामाबगर(तिब्बत नाका खोल्ने प्रक्रियालाई तीव्रता दिई दोलखालाई चीन र भारत जोड्ने व्यापारिक केन्द्र बनाउन म लाग्नेछु । दोलखा जोड्ने सुरुङमार्गको परिकल्पनालाई नारामै सीमित नराखी, प्राविधिक र आर्थिक सुनिश्चितताका लागि जोड रहनेछ । अलपत्र ठूला पुल तथा सडक आयोजनालाई समयमै सम्पन्न गर्नका लागि सरकारका निकाय र सम्बन्धित सरोकारवालासँगको काम गर्नुपर्नेछ । ०४९ सालमा तत्कालीन कांग्रेस नेतृत्वको जिल्ला विकास समितिले खोलेका सडक विकासका ढोकाहरूले नै अहिले विस्तारै सार्थकता पाउँदैछ । हामी सबै सडकहरूलाई व्यवस्थित सहित कालोपत्रे र त्यसबेलाको जिल्ला विकास समितिले कोरेको दोलखाको रिङरोड अवधारणालाई हामी अलकत्रे सडकमा सिँगै जिल्ला फन्को मार्ने गरी सकाकार गर्ने बेला आएको छ । यसलाई हामीले काम गर्नुपर्नेछ सिंगै जिल्ला फन्को मार्ने गरी हामी काम गर्नेछौ ।’
शिवाकोटीले लामाबगर–तिब्बत नाका खोल्ने प्रक्रियालाई तीव्रता दिएर दोलखालाई चीन र भारत जोड्ने व्यापारिक केन्द्र बनाउने सपना सुनाएका छन् । दोलखा जोड्ने सुरुङमार्गको परिकल्पनालाई नारामै सीमित नराखी प्राविधिक र आर्थिक सुनिश्चितताका लागि जोड दिने उनको योजना छ । २०४९ सालमा कांग्रेस नेतृत्वको जिविसले कोरेको रिङरोड अवधारणालाई साकार पार्दै जिल्लाभर कालोपत्रे सडकको सञ्जाल बिछ्याउने उनले बताए ।
पर्यटनतर्फ कालिञ्चोक, भीमेश्वर र शैलुङदेखि च्छोरोल्पासम्म समेट्ने गरी एकीकृत गुरुयोजना बनाउने र छोरोल्पा हिमतालमा हिउँदको समयमा ुआइस हक्कीु सञ्चालन गर्ने प्रस्तावलाई अगाडि बढाउने उनले जानकारी दिए । उनले भने, ‘कालिञ्चोक, भीमेश्वर, शैलुङ लगायत च्छोरोल्पादेखि लप्चीसम्म, विगुदेखि देउलाडेश्वर सम्म, च्योर्दुङ देखी को एकीकृत पर्यटन गुरुयोजना मार्फत हाम्रो ध्यान त्यसमा पुग्नेछ । च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्का साहसिक पर्यटनका लागि अन्तर्राष्ट्रिय स्तरमा चिनिँदै छ । साहसिक पर्यटनतर्फ, छोरोल्पा हिमतालमा हिउँदको समयमा ‘आइस हक्की’ खेलाउने प्रस्ताव साथीहरूले ल्याइरहनुभएको छ र यो योजनालाई हामी अगाडि बढाउन सक्छौँ । त्यो प्रस्तावलाई बागमती प्रदेश सरकार भएको ठाँउमा लगेका छौ ।’
उनले भने, ‘जिरी, च्योदौङ, हनुमन्ते, जट्टापोखरी, लप्ची गुम्बा, रोल्वालिङ उपत्यका, लामाबगर, विगु गुम्बा, देउलाङ्गेश्वर्, महाकाल मन्दिर, सुन्द्रावती कुण्ड, गाईखुरा महादेव, रामबोले मन्दिर, खरिढुंगा लायत क्षेत्र यी सबै दोलखाका सम्पत्ति हुन् । यो सम्पत्तिलाई सम्बर्धन गर्दै अघि लैजानुपर्नेछ । हामी दोलखालाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न चाहन्छौँ । यहाँ बुद्ध धर्मसँग जोडिएका लप्ची,बिगु र जिरी जस्ता थुप्रै ऐतिहासिक केन्द्रहरू छन्, जसलाई हामीले बौद्ध अध्ययन र दर्शनको केन्द्र बनाउन सक्छौँ । त्यस्तै धार्मिक हिसाबले श्रंगी ऋषिले तपस्या गरेको सुरुंगेलाई ‘रामायण सर्किट’ सँग जोड्न सकिन्छ भन्ने विषयमा अहिले पहल र लबिङ भइरहेको छ । खप्तड बाबा दोलखा आउँदाको स्थान कालिञ्चोक नजिकको क्षेत्रलाई खप्तडसँग कसरी जोड्न सकिन्छ भनेर त्यो एउटा काम गर्नुपर्नेछ ।’
धार्मिक पर्यटनलाई जोड दिँदै उनले लप्ची, बिगु र जिरीलाई बौद्ध दर्शनको केन्द्र बनाउने र श्रंगी ऋषिले तपस्या गरेको सुरुंगेलाई रामायण सर्किटु सँग जोड्न लबिङ गर्ने बताए । खरिढुंगाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माणको अलपत्र आयोजनालाई पुनर्जीवन दिई यसलाई हलिउड र बलिउडको जस्तै सुटिङ थलो बनाउन सकिने बताए ।
कृषिमा किसानले मल र बीउका लागि लाइन बस्नुपर्ने बाध्यता हटाउन डिजिटल कार्डु प्रणाली लागू गर्ने र दोलखाको आलु तथा तरकारीका लागि कोल्ड स्टोरेजको व्यवस्था मिलाउने उनले बताए । यसका साथै खरिढुंगाको म्याग्नेसाइट र आलम्पुको ढुङ्गा खानी सञ्चालन गर्ने, चरीकोट अस्पताललाई आधुनिक रिफरल हस्पिटलु बनाउने र स्थानीय जलविद्युत् आयोजनाहरूमा स्थानीयलाई रोजगारी दिलाउने विषयमा उनी सक्रिय हुनेछन् ।
उनले भने, ‘जिरी, च्योदौङ, हनुमन्ते, जट्टापोखरी, लप्ची गुम्बा, रोल्वालिङ उपत्यका, लामाबगर, विगु गुम्बा, देउलाङ्गेश्वर्, महाकाल मन्दिर, सुन्द्रावती कुण्ड, गाईखुरा महादेव, रामबोले मन्दिर, खरिढुंगा लायत क्षेत्र(यी सबै दोलखाका सम्पत्ति हुन् । यो सम्पत्तिलाई सम्बर्दधन गर्दै अघि लैजानुपर्नेछ । हामी दोलखालाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न चाहन्छौँ । यहाँ बुद्ध धर्मसँग जोडिएका लप्ची, बिगु र जिरी जस्ता थुप्रै ऐतिहासिक केन्द्रहरू छन्, जसलाई हामीले बौद्ध अध्ययन र दर्शनको केन्द्र बनाउन सक्छौँ । त्यस्तै धार्मिक हिसाबले श्रंगी ऋषिले तपस्या गरेको सुरुंगेलाई ुरामायण सर्किटु सँग जोड्न सकिन्छ भन्ने विषयमा अहिले पहल र लबिङ भइरहेको छ। खप्तड बाबा दोलखा आउदाको स्थान कालिञ्चोक नजिकको क्षेत्रलाई खप्तड सँग कसरी जोड्न सकिन्छ भनेर त्यो एउटा काम गर्नुपर्नेछ ।’
उनले भने, ‘हाम्रो खरिढुंगा क्षेत्रको डाङडुङे डाँडामा फिल्म नगरी निर्माणको बृहत्त परियोजनामा लगानीकर्ता भित्र्याएर यो क्षेत्रलाई हलिउड र बलिउडको सुटिङ गर्ने प्रमुख थलो जस्तै कलिउड नेपाली चलचित्रका लागि बनाउन सकिनेछ । फिल्म नगरी निर्माणको बृहत्तर आयोजा अलपत्र पारियो । त्यसलाई पुन बनाउन जोड दिनुपर्नेछ । प्रदेश सरकारमा कुन्दन राज काफ्ले हुँदा थोरै भएपनि बजेट आएको छ । भोलिका दिनमा हामी यहाँबाट जननिर्वाचित हुँदै गर्दा त्यो फिल्म सिटीलाई पनि अगाडि बढाउनु पर्नेछ । त्यो फिल्म सटिलाई त्यतिकै अलपत्र पार्न हामी दिने छैनौँ ।’
उनले भने, ‘कृषि क्षेत्रमा हामीलाई थुप्रै समस्याहरू छन् त्यसमा काम गर्नुपर्नेछ । होमस्टे र स्थानीय रोजगारीलाई प्रवद्र्धन गर्न सकिनेछ । माटि जीरी जस्ता दोलखाको आलु, तरकारी र पशुपालन ध्यान दिनुपर्नेछ । किसानलाई मल र बीउको लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न ुडिजिटल कार्डु प्रणालीको वकालत गर्नेछु । दोलखा जिल्लाको हाम्रो उत्पादनलाई काठमाडौँ र तराईका सहरसँग जोड्न ‘कोल्ड स्टोरेज’ र केन्द्रहरूको सञ्जाल बिछ्याउन मेरो ध्यान हुनेछ ।’ उनले भने, ‘खरिढुंगाको म्याग्नेसाइट र आलम्पुको ढुंगा खानी वर्षौंदेखि अलपत्र छन् । त्यसमा काम गर्न मेरो जोड हुनेछ । स्वास्थ्यमा चरीकोट अस्पताललाई आधुनिक सुविधायुक्त ‘रिफरल हस्पिटल’ बनाउन मेसिनहरू थप्नुपर्नेछ त्यसमा हामीले काम गर्नुपर्नेछ ।’
उनले भने, ‘स्वदेशमै रोजगारीका लागि हामीले ध्यान दिनुपर्नेछ । त्यसका लागि यहाँ उद्यम गर्ने साथीहरूलाई प्रवर्धन गर्ने । स्थानीय तहमा उद्यम गरिरहेका साथीहरूलाई उहाँको हितमा काम गर्नुपर्नेछ । यहाँ रहेका साना ठूला जलविद्युतलाई समयमै सञ्चालन गर्न दबाब दिने । यहाँका स्थानीयलाई त्यहाँ रोजगारी दिने र यही स्थापित गर्ने कुरामा काम गर्नुपर्नेछ । स्वरोजगारलाई पनि जोड दिने ।’










प्रतिक्रिया