काठमाडौं । नेपाली फिल्म उद्योगमा कमाइ र चर्चाको नयाँ कीर्तिमान स्थापन गरेपछि नीर शाह अभिनीत फिल्म परान अब मलेसियामा प्रदर्शन हुने भएको छ । फिल्म निर्माण पक्षका अनुसार, फेब्रुअरी १४, २०२६ (शनिबार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा यो चलचित्र रिलिज हुनेछ ।
मलेसियामा फिल्मको प्रदर्शन अधिकार गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले खरिद गरेका छन् । उनले मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत रहेको र उनीहरूको सुविधा तथा समयतालिका अनुसार शोहरू तय गरिएको बताए ।
दीपक आचार्य (काकु) निर्देशित परान नेपालमा बलियो वर्ड–अफ–माउथका कारण अत्यधिक चर्चा कमाएको फिल्म हो । यसले वर्ष २०८२ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको उपाधि पनि प्राप्त गरेको छ ।
फिल्मका निर्माता शेखर गोल्छा, रञ्जित आचार्य हुन् भने मुख्य कलाकारको रूपमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन् ।










प्रतिक्रिया