Logo

Breaking News 1

२६ दशमलव शून्य पाँच अंकले घट्याे नेप्से



काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन १० दशमलव ३५ अंकले घटेको नेप्से आज पनि २६ दशमलव शुन्य पाँच अंकले घटेर २६ सय ७९ दशमलव ३९ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य दुई अंकले घटेर चार सय ५५ दशमलव ६५ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरुको एक लाख दुई हजार दुई सय ८१ पटकको कारोबारमा दुई करोड ६७ लाख ६६ हजार तीन सय ४७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख १५ हजार दुई सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा व्यापार समूहको सूचक आठ दशमलव ३७ अंकले बढेर ३७ सय ५० दशमलव शुन्य नौं अंकमा चढेको भएपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ३ : ४३ बजे