Logo

मनोरञ्जन

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को नयाँ गीत सार्वजनिक



काठमाडौं । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने गीतमा सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको आकर्षक नृत्य प्रस्तुत गरिएको छ ।

सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा पारिवारिक कथावस्तुमा आधारित रहेको छ । सिनेमामा आशीर्वाद र निकितासँगै लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् ।

त्यसैगरी सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । सिनेमाका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १० : ०५ बजे