काठमाडौं । बिहान उठेपछि खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरूले बताएका छन् ।
उनीहरूका अनुसार तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पु¥याउँछ ।
विशेषज्ञहरूका अनुसार बिहान नियमित रूपमा तातो पानी पिउँदा कब्जियतको समस्या कम हुनुका साथै ग्यास, अपच र पेट फुल्ने समस्या नियन्त्रणमा आउन सक्छ । यसले शरीरको मेटाबोलिज्म बढाउने भएकाले तौल नियन्त्रणमा समेत सहयोग पुग्ने बताइएको छ ।
त्यस्तै, तातो पानीले शरीरको रक्तसञ्चार सुधार गर्ने र कोषिकामा अक्सिजनको प्रवाह बढाउने हुँदा दिनभर शरीर फुर्तिलो र ऊर्जाशील रहने चिकित्सकहरूको भनाइ छ । यसले छालालाई भित्रैबाट हाइड्रेट राख्न मद्दत गर्ने भएकाले छालाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव देखिने बताइएको छ ।
चिकित्सकहरूका अनुसार बिहान खाली पेट तातो पानी पिउनु कफ, रुघाखोकी र घाँटीसम्बन्धी समस्या कम गर्न पनि सहयोगी हुन सक्छ । विशेषगरी चिसो मौसममा यसले शरीरलाई न्यानो राख्न मद्दत पु¥याउने बताइएको छ ।
चिकित्सकहरूले बिहान कफी वा चिया पिउनु अघि कम्तीमा एक गिलास तातो (अत्यधिक तातो नभएको) पानी पिउने बानी बसाल्न सुझाव दिएका छन् ।
साथै, आवश्यकता अनुसार तातो पानीमा कागती वा मह मिसाएर पिउन सकिने भए पनि दीर्घकालीन समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्ने उनीहरूको सुझाव छ ।










प्रतिक्रिया