मेष राशि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ।
बृष राशि
धेरै परिश्रम गर्नुपरे पनि फाइदाको स्रोत पहिचान गर्न सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। ढिलै भए पनि चिताएका काम सम्पादन हुनेछन्।
मिथुन राशि
छातीको समस्याले स्वास्थ्य कमजोर रहन सक्छ। हतारको निर्णयले पछि अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।
कर्कट राशि
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला।
सिंह राशि
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला।
कन्या राशि
अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ।
तुला राशि
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा पनि लगानी बढाउनुपर्ला। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
बृश्चिक राशि
आम्दानी मनग्य भए पनि आकस्मिक खर्च हुनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ।
धनु राशि
अवसर आए पनि आलस्य गर्दा काम रोकिन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ।
मकर राशि
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला।
कुम्भ राशि
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ।
मीन राशि
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।










प्रतिक्रिया