Logo

Breaking News 1

कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला



विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरुले जे काम गरेपनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरु गरेको बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने हो । जेनजीहरुको माग पनि यही रहेको छ । अरु नयाँ पार्टीहरुले के गरिरहेको थाहा छैन् तर चुनावमा मात्रै होइन ०६४ सालको चुनावदेखि एउटै कुरा भनिरहेको छु । भ्रष्टाचारमुक्त समाज हामी बनाउ, सुशासन दिउ, विकास गरौं, रोजगारीका अवसरहरु सिर्जना गरौं ।’

यस्तै, उनले नेपाली काङ्ग्रेसले युवाहरुको महत्व बुझेको भन्दै युवाहरुलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको बताए । उनले भने, ‘युवाहरुलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरुलाई स्थान दिनुपर्छ भनिरहेको छु । प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरुलाई दिनुपर्छ भनिरहेको छु । युवाहरुको महत्व नेपाली काङ्ग्रेसले नबुझेको होईन्, बुझेको छ ।’

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ५ : ११ बजे