Logo

मुख्य समाचार

सञ्चार क्षेत्रमा भ्रम, प्रचारबाजी र व्यापार हाबी हुनु चिन्ताजनक : प्रेस चौतारी



काठमाडौं । प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी पत्रकार, शुभेच्छुक र शुभचिन्तकहरूलाई शुभकामना व्यक्त गरेको छ ।
महासचिव हिरामान लामाद्वारा जारी सन्देशमा लोकतन्त्र, गणतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । अग्रजहरूको योगदान र पत्रकारहरूको समर्पणकै कारण प्रेस चौतारी नेपाल सशक्त र विश्वसनीय सङ्गठन बनेको उल्लेख गरिएको छ ।
सन्देशमा संस्थापक अध्यक्ष स्वर्गीय विजय चालिसे, स्वर्गीय अग्नि शिखालगायत अग्रज पत्रकारप्रति सम्मान व्यक्त गर्दै, श्रमजीवी पत्रकारको हक–अधिकार, आमसञ्चार नीति र सामाजिक चेतनामा संस्थाको योगदान स्मरण गरिएको छ ।
हाल सञ्चार क्षेत्रमा भ्रम, प्रचारबाजी र व्यापार हाबी हुँदै जानु चिन्ताजनक भएको उल्लेख गर्दै, यस्ता प्रवृत्तिविरुद्ध प्रेस चौतारी स्पष्ट रूपमा उभिने प्रतिबद्धता जनाइएको छ । साथै, डिजिटल संरचना सुदृढीकरण, दक्ष जनशक्ति विकास र प्रविधिमैत्री सञ्चार प्रणालीलाई प्राथमिकता दिइने बताइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ३५ बजे