काठमाडौं । साफ महिला यू–१९ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल प्रवेशको सम्भावना जोगाइराख्न नेपाललाई यो खेलमा जित निकाल्नै पर्ने दबाब रहेको छ ।
तीन खेलको तालिकामध्ये दुई खेल खेलेको नेपालले एक जित र एक हारसहित ३ अंक जोडेको छ । अंक तालिकामा शीर्ष दुई स्थानमा रहँदै फाइनल पुग्न नेपालका लागि बंगलादेशविरुद्धको खेल निर्णायक बनेको हो ।
बंगलादेश भने लगातार दुई जितसहित ६ अंक जोड्दै फाइनलनजिक पुगेको छ । आजको खेलमा बराबरी वा हारले पनि बंगलादेशको सम्भावना बलियो रहनेछ ।
नेपाल र बंगलादेशबीचको खेल पोखरा रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
भारत, नेपाल, भुटान र बंगलादेश सहभागी प्रतियोगिता ‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालन भइरहेको छ, जसअनुसार शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् ।
२१ माघ २०८२, बुधबार
46
Shares









प्रतिक्रिया