मेष राशि
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ।
बृष राशि
अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। अरूलाई दिन ठिक पारेको धनमाल आफैंलाई आवश्यक पर्न सक्छ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
मिथुन राशि
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।
कर्कट राशि
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।
सिंह राशि
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ। सहयोगीहरूको साथले नयाँ काममा उत्साह जगाउनेछ।
कन्या राशि
अवसरका लागि केही दौडधुप र लगनाी गर्नुपर्ला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। तापनि, कर्जामार्फत धन जुटाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।
तुला राशि
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ।
बृश्चिक राशि
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
धनु राशि
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ।
मकर राशि
काममा अनायासै व्यवधान देखा पर्न सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने अर्थअभावले पनि सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।
कुम्भ राशि
नयाँ अवसर प्राप्त भए पनि गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चापबाट फुर्सद पाइनेछ।
मीन राशि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।










प्रतिक्रिया