सिमरा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियान अन्तरगत बारा पुगेका छन् ।
सोमबार बिहान उनी बारा पुगेका हुन् । उनलाई सिमरा विमानस्थलमा भव्यताका साथ स्वागत गरियो ।
सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए ।
उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौ । पहिलो पटक म सिमरामा आएको छु । अब विस्तारै देशैभर आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएको हो ।’
पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको र प्रतिस्पर्धा गरेको जानकारी दिंदै पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित्ने अपेक्षा गरेको पनि उनको भनाई छ ।
साथै, उनले देश र जनताको माग अनुसार सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले रास्वपामा गएको भन्दै त्यो सहमती कार्यान्वयन नभएको पनि बताए ।
उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ । जनताले गर्नुभएको निर्णय मान्न तयार छौं । जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौं तर कार्यान्वयन भएन ।’
१९ माघ २०८२, सोमबार
115
Shares








प्रतिक्रिया