काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । हो इतिहासकै उच्च मूल्य हो ।
महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।











प्रतिक्रिया