Logo

राजनीति

राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भयोः मन्त्री इङ्नाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारी केन्द्रीत मात्र भएको टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सहकारीमा बेथिति निम्याउने सबै कर्मचारीहरुको छानबीनगरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री इङ्नामले २०८० साल सम्म सहकारीमा बसेका कर्मचारीहरु सबै अनुसन्धानको घेरामा आउनुपर्ने धारणा पनि राखे । उनले भने,‘२०८० सालमा सहकारीमा बसेका कर्मचारीहरु सबै अनुसन्धानको घेरामा आउनुपर्छ । यो प्रयोजनको लागि आयोग गठन भएको छ । यो अहिले भएको आयोग कर्मचारी केन्द्रीत छ । सहकारी सञ्चालक जति जिम्मेवार हुनुपर्ने हो राज्यलाई बिगार्न नियामक निकाय अझ जिम्मेवार छ । अब सहकारीमा समस्या भन्दा पनि बेथिति निम्याउने जतिपनि कर्मचारीहरु थिए । ति सबैको छानबीन हुन्छ र सबैलाई कारबाही पनि हुन्छ ।’
त्यस्तै उनले समस्या ग्रस्त सहकारी समाधान गर्ने दुई वटा उपाए अघि सार्दै तत्काल यी दुबै कुरा सम्भव नरहेको बताए ।
‘अहिले भएको सहकारीको जुन समस्या छ । यो समस्या ग्रस्त सहकारी समाधान गर्ने जुन समिति छ । यसलाई ठूलो संख्यामा बढाएर जनशक्ति बढाएर ५० वर्ष लगाएर समाधान गर्ने हो अथवा पहिचान लुकाएर बसेका सञ्चालकलाई रेड नोटिस जारी गरेर जहाँ लुकेपनि ल्याएर अशुल गर्ने हो । यो तत्काल दुबै सम्भव देखिएको छैन् । ’
विगत २० वर्षमा बिचौलीयाहरु धेरै सक्रिय भइ राज्यको सम्पति दोहन गरिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  २ : ३१ बजे